काठमाडौँ, ०५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति सुदृढ गर्दै लैजानुपर्ने बताएका छन् । जनकपुरमा बिहीबार नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिलाई सुदृढ गर्दै लैजानुपर्ने बताए ।
सभापति देउवाले नेपाली राजनीतिलाई बलियो बनाउन कांग्रेस लागिरहेको पनि बताए । यस्तै उनले समानुपातिक र समावेशी निर्वाचन प्रणाली भएकाले बहुमत आउन गाह्रो छ रहेको सुनाए । ‘अहिले नेपाली कांग्रेस पहिलो पार्टी भएको छ । कांग्रेसले बहुमत ल्याउनु सकोस्,’ उनले भने ।




