राजसंस्थाको पालादेखि नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका १०० बढी सल्लाहकार खारेज

`

     २०८० पौष ०४ गते ५:४०

काठमाडौँ, पुष ४ । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ ।

बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?