न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

`

     २०८० पौष ०३ गते ५:३९

काठमाडौँ, पौष ३ । प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको कामकारबाहीलाई लिएर न्याय परिषद्मा परेका उजुरीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् ।

उनले भने, ‘न्यायाधीशको कामकारबाही उपर परेका उजुरीहरुको परिषद्ले प्राथमिकताका साथ अध्ययन गरिरहेको छ । अब छिट्टै नै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो लगाउने प्रयासमा छौं ।’ उनले अहिले न्याय परिषदको कार्यप्रति देखिएको निरासालाई चिर्ने प्रयासमा आफूहरु परिषदसुधारको लागि काम गरिरहेको उल्लेख गर्दै भरोसा गर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?