मन्त्रीको निर्देशनपछि निगमका कर्मचारीको आन्दोलन स्थगित

`

     २०८० पौष ०२ गते ४:४४

काठमाडौँ, २ पुस । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

सोमबार १३औँ दिनको दिनबाट उनीहरूले आन्दोलनका कार्यक्रमहरू हालका लागि स्थगित गरेका हुन् । उनीहरूले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग छलफल गरेका थिए । सोपश्चात मन्त्रीको निर्देशनमा आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?