त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदै

`

     २०८० पौष ०२ गते ११:३८

काठमाडौँ, पुष २ । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज हुँदैछ ।

त्रिपुरेश्वरस्थित रंगशालामा ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो ।

आज हुने दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड हुने दाबी गरेको छ । विश्वमा नै एकैपटक धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा आवेदन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?