राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न दिँदै

`

     २०८० पौष ०१ गते १२:३५

काठमाडौं, पुस १ । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।

माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई चुनाव चिह्न दिन लागेको हो।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा १२ वटा दल दर्ता भएको छ। उनीहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो।

आगामी चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?