न्याय पाएको भन्दै मृतकका परिवारले गरे काठमाडौंमा धन्यवाद सभा

`

     २०८० मंसिर २९ गते ५:२४

काठमाडौं, २९ मंसिर । रुकुम पश्चिमको सोतीमा ज्यान गुमाएका नवराज विकसहित छ जनाको हत्या प्रकरणमा उनीहरुका अभिभावकहरुले आज (शुक्रबार) काठमाडौंमा धन्यवाद र्‍याली निकालेका छन् । न्यायको पक्षमा फैसला भएको भन्दै उनीहरुले आज धन्यवाद र्‍याली निकालेका हुन् ।

०७७ जेठ १० गते आफ्नी प्रेमिकालाई लिन भन्दै जाजरकोटको भेरी नगरपालिका– ४ का नवराज विक आफ्ना साथीहरूसँग रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ को सोती पुगेका थियो ।

सोही क्रममा मल्ल थरकी प्रेमिका र नवराजको जात नमिल्ने भन्दै त्यहाँका स्थानीयले प्रतिकार गर्दा नवराजसँगै २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही मारिएका थिए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?