काठमाडौं,२८ मंसिर । थमन बिक हत्या प्रकरणमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मालाई जन्म कैदको सजाय सुनाएको छ ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले आज शर्मालाई जन्म कैदको सजाय सुनाएको हो ।
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छ्न । कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।




