म राम्रा काम मात्रै गर्छु : प्रधानमन्त्री प्रचण्ड

`

     २०८० मंसिर २७ गते ४:३५

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा राम्रो काममात्रै गर्ने र कसैलाई पनि गलत गर्न नदिने बताएका छन् । आज काभ्रेको पाँचखालमा आयोजित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि भएको बताएका हुन् ।

‘अहिले पनि सरकारले केही प्रतिज्ञा गरेको छ । यसपटक मैले भन्ने गरेको छु– ‘‘मेरो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुनेछ ।’’ मैले यो पनि भनेको थिएँ– मैले राम्रा काम मात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु र देश बनाउने यात्रा निरन्तर जारी छ,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?