सुनको मूल्यमा गिरावट

`

     २०८० मंसिर २७ गते १२:३३

काठमाडौँ, मङ्सिर २७ । नेपाली बजारमा बुधबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

बुधबार ३०० रुपैयाँले घटेर छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावालाा सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेर १ एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?