पहिचानवादीले जलाइदिए एमालेको गेट

`

     २०८० मंसिर २६ गते १:०८

विराटनगर, मङ्सिर २६ । नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।
एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।

ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?