जिम्बाब्वेमा खडेरीको कारण कम्तीमा १०० हात्ती मरे

`

     २०८० मंसिर २६ गते १२:४३

एजेन्सि, २६ मङसिर । जिम्बाब्वेमा खडेरीको कारण कम्तिमा १०० वटा हात्ती मरेका छन् ।

जिम्बाब्बे स्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तरराष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तरराष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाब्वेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?