एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : अध्यक्ष ओली

`

     २०८० मंसिर २५ गते २:४०

काठमाडौँ, २५ मङ्सिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताएका हुन् । उनले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी एमालेको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?