सुनका गरगहनासहित २ जना पक्राउ

`

     २०८० मंसिर २४ गते ६:००

काठमाडौँ, मंसिर २४ । बर्दियामा झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित बाँकेका दुई युवा पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिक –१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर चेकका क्रममा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–८१६८ नम्बरको कारसहित उनीहरू स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको सेतोपाटीलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?