काँग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य भूमिका रहेको देउवाको खुलासा

`

     २०८० मंसिर २४ गते ४:४९

काठमाडौँ, २४ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य महत्त्व रहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताए । उनले नेपाल पुकारले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?