गौतम बुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै धर्ना सुरु

`

     २०८० मंसिर २४ गते २:४४

काठमाडौँ, मंसिर २४ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न सरकार उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा धर्ना सुरू भएको हो ।
सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । जसअर्न्तगत शुक्रबार सञ्जालको आव्हानमा निजी क्षेत्रले भैरहवामा बिरोध र्‍याली गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?