सांसद ढकालद्वारा श्रीलंकाका प्रधानमन्त्री र सभामुखसँग शिष्टाचार भेटवार्ता

`

     २०८० मंसिर २२ गते ५:५९

कोलम्बो, २२ मंसिर । सांसद एकनाथ ढकालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग श्रीलंकाको कोलम्बोमा भेट गरेका छन्। भेटमा सांसद ढकालले श्रीलङ्का सरकारले नेपालसँग विशेषगरी पर्यटन र साझा सांस्कृतिक मूल्यमान्यताका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्न प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ ।

ढकालले प्रधानमन्त्री दिनेशलाई लुम्बिनीमा नयाँ खोलिएको अन्तर्राष्ट्रिय विमानस्थल (गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) बारे जानकारी दिँदै कोलम्बोदेखि लुम्बिनी सीधा उडानका लागि श्रीलंका सरकारको सहयोग मागेका थिए । श्रीलंकाका सभामुख महिन्दा यापा अबेवर्देनको निमन्त्रणामा ढकाल श्रीलंकाको चार दिने मैत्रीपूर्ण भ्रमणमा छन् । श्रीलंकाका सभामुख आबेवर्देनासँगको शिष्टाचार भेटमा ढकालले नेपाल र श्रीलंकाबीचको संसदीय आदानप्रदानका बारेमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?