पूर्वसभामुखका छोरा राहुल महरालाई बयानका लागि बोलायो

`

     २०८० मंसिर १९ गते ११:३९

काठमाडौँ, १९ मंसिर । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।

कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?