काठमाडौँ, १८ मङ्सिर । सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आज ३ दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक १८४७.८१ अङ्कमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



