काठमाडौं,१८ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
पार्टी मुख्यालय आलोकनगरमा जारी सचिवालय बैठकका निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलन डाकिएको हो । पत्रकार सम्मेलन अपराह्न चार बजे बोलाइएको छ ।
एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरे पनि तयारी अभावका कारण सार्ने तयारी गरेको छ ।




