गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १ उडान ५ लाख प्रोत्साहन दिने कार्यक्रम ल्याउने

`

     २०८० मंसिर १७ गते ६:२५

काठमाडौँ, मङ्सिर १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट ९नाट्टा० लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डल सँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तरराष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

उनले भने“भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?