बागमती प्रदेशको सर्वदलीय बैठक निष्कर्ष विहिन

`

     २०८० मंसिर १७ गते ५:००

काठमाडौँ, १७ मङ्सिर । संसदीय सभापति चयन र बजेट पारित गर्दा प्रतिपक्षसँग भएको सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बसेको बागमती प्रदेशको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा कुनै सहमति नजुटेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल बैठक सकिनु अघि नै बाहिरिएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलको सक्रियतामा प्रदेश सभामुखको सचिवालयले बोलाएको बैठकमा सरकार गैरजिम्मेवार बनेकाले कुनै सहमति नभएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले जनाएको छ । बैठकपछि कुरा गर्दै एमाले नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीले एनजीओ शैलीमा सरकार चलाउन खोज्दा समस्या भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?