यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ ओली

`

     २०८० मंसिर १५ गते १:५३

काठमाडौँ, मङ्सिर १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन ।

डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन ।

‘यो सरकार ढाल्नै पर्दैैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ जारी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?