पुस ७ मा कांग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन

`

     २०८० मंसिर १४ गते ६:२७

काठमाडौं,१४ मंसिर । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम सम्मेलन आगामी पुस ७ गते हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौंमा बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेशको पहिलो सम्मेलनमा ७ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

अधिवेशन तयारीका लागि प्रदेश सभापति ईन्द्रबहादुुर बानियाँको संयोजकत्व सम्मेलन मूल आयोजक समिति गठन भएको छ । उक्त मूल आयोजक समितिमा प्रदेश समितिका सबै पदाधिकारी सदस्य रहेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?