जाजरकोटको भूकम्पपीडितलाई निर्वाचन आयोगले आर्थिक सहयोग गर्ने

`

     २०८० मंसिर १४ गते १:१९

काठमाडौँ, १४ मङ्सिर । जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन, उपसचिव र शाखा अधिकृतबाट दुई र सोभन्दा तलका कर्मचारीबाट एक दिन बराबरको पारश्रमिक सहयोग गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भूकम्पपीडितको राहत र पुनःस्थापनका उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पठाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?