अहिले मन्त्री हेरफेरको सम्भावना छैन

`

     २०८० मंसिर १३ गते ५:३६

काठमाडौँ, १३ मङ्सिर । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको हेरफेरको सम्भावना नरहेको बताए ।

‘सरकारले राम्रै काम गरिरहेको कुरा आइरहेको छ । फेरबदल वा हेरफेर भन्नेबारे मलाई कुनै जानकारी छैन,’ उनले भने । यस्तै उनले गणतन्त्रका पक्षमा ठुलो जनमत रहेको बताएका छन् । कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयास मात्रै हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?