मलेसियाको आजियाटा बर्हार्ड एनसेलबाट बाहिरिने

`

     २०८० मंसिर १३ गते १:१०

काठमाडौँ, मंसिर १३ । मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ ।

कम्पनी स्रोतका अनुसार आजियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?