काठमाडौं,११ मंसिर । ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैतडीको पाटनमा आफ्नो ३५१औँ शाखा सञ्चालनमा ल्याएको छ ।
आइतबार बैतडी जिल्ला पाटन बजारमा नगर प्रमुख गौरीसिंह रावलले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
बैंकका देशभर ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।




