काठमाण्डौको बबरमहलमा आफैँले बटन थिचेर बाटो पार गर्न सकिने

`

     २०८० मंसिर ११ गते ११:२६

काठमाडौं, मंसिर ११ । काठमाण्डौको बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली सञ्चालनमा आएको छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम आजदेखि सञ्चालनमा आएको हो ।

काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?