रास्वपाको सरकार बने राज्य कोषबाट उपचार गर्ने परम्परा रोक्ने

`

     २०८० मंसिर १० गते ५:४०

काठमाडौं,१० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्।

सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले दुई तिहाइ मत पाए र आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमा देश कस्तो बन्नुपर्छ भन्नेकुरा आफूहरुले देखाइदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?