काठमाडौं,१० मंसिर । कोशी प्रदेशको बजेट प्रतिस्थापन विधेयक प्रदेश सभाबाट सर्वसम्मतरुपमा पारित भएको छ ।
कोशी सरकारका मुख्यमन्त्री केदार कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रीको हैसियतले ल्याएको बजेट प्रतिस्थापन विधेयक कोशी प्रदेश सभाबाट पास भएको हो ।
कार्कीले तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न शनिवार कोशी प्रदेश सभामा बजेट प्रतिस्थापन विधेयक पेस गरेका थिए ।




