रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरू हुने

`

     २०८० मंसिर १० गते ११:५५

काठमाडौं, मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबारदेखि सुरू हुने भएको छ।

महामन्त्री मुकल ढकालले दिएको जानकारीअनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मंगलबार र बुधबार बैठक चल्नेछ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?