काठमाडौं,कार्तिक ४ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले एमाले नेता महेश बस्नेतलाई भक्तपुर स्थित गुण्डु घरबाटै उठाउने धम्कि दिएका छन्। महेश बस्नेतलाई टोले गण्डाको रुपमा चित्रण गर्दै यदि बारम्बार आफुमाथि आक्रपण भईरहे आफु टुलुटुलु हेरेर नबस्ने उनले बताए।
केहि दिन अघि मात्र एमालेका अमर्यादित युवाहरुले दुर्गा प्रसाईंलाई काठमाडौंको एक कार्यक्रममा दुर्गा प्रसाईंमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेका थिए। हिजोआज दुर्गा प्रसाई र महेश बस्नेतको समुहबीच तिब्र द्बन्द बढिरहेको छ।




