पुटिनलाई रोक्नको लागि इजरायल र युक्रेन युद्द सफल पार्नुपर्छ- राष्ट्रपति बाइडेन

`

     २०८० कार्तिक ०३ गते ११:५८

काठमाडौं, ३ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले द्वन्द्वग्रस्त देश इजरायल भ्रमणबाट फर्किए लगत्तै ह्वाइट हाउसबाट देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हमास र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जोडेका छन् । उनले भने, ‘हमास र पुटिन दुबैबाट अलग–अलग खतरा छ, तर दुबैमा एउटा समानता छ । दुबै छिमेकमा लोकतन्त्रलाई समाप्त पार्न चाहन्छन् ।’

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि पनि इजरायल र युक्रेन सफल हुन जरुरी रहेको बताउँदै उनले भने, ‘यदि हामीले पुटिनलाई अधिक शक्तिको भोक रोक्न सकेनौं भने उनी युक्रेनमा मात्र रोकिने छैनन् ।’ इजरायल भ्रमणका क्रममा बाइडेनले हमासको आक्रमणबाट पीडित मानिसहरुलाई पनि भेटेका थिए । ‘राष्ट्रपतिका रुपमा मेरा लागि बन्धक बनाइएका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो केही छैन’ इजरायल–हमास संघर्षमा दुबैतर्फबाट प्रभावित आम ममानिसप्रति समवेदना व्यक्त गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?