आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई नबिर्सन

`

     २०८० आश्विन ३० गते २:२२

काठमाडौँ, ३० आश्विन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो सम्मान खोज्दा अरूको संस्कृति र अधिकारलाई कसैले पनि बिर्सन नहुने बताएका छन् ।

नेपाल प्रहरीको ६८औँ वार्षिकोत्सव २०८० का अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चौधरीले नेपाल प्रहरीले सकेसम्म मेलमिलापको नीति लिएर काम गरेको र नेपाल प्रहरी कानुन पालना गराउने, आपराधिक घटनाको अनुसन्धान गरेर कानुन कार्यान्वयन गराउने कार्यमा अब्बल रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीको कर्तव्य पालनाका सिलसिलामा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सहिदका परिवारलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?