काठमाडौं, असोज २९ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिन थालेको छ।
दसैं सुरू भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन थालेको हो। हाललाई यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ।
राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपैयाँसम्म साँट्न पाउने सुविधा दिएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको नयाँ नोट पाउने छन्।



