राष्ट्रसंघका महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

`

     २०८० आश्विन २६ गते १:१२

काठमाडौं, असोज २६ । इजरायलमाथि हमासको आक्रमणका कारण स्थगित भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ।

गुटेरेस आउँदो कात्तिक १२ गते नेपाल आइपुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका निजी सचिव रमेश मल्लले जानकारी दिए।

यसअघि उनी आज नेपाल आउने र संघीय संसदमा संबोधन गर्ने कार्यसूचि थियो। तर इजरायलमा बढेको तनावका कारण राष्ट्रसंघका महासचिव गुटेरेसले आफ्नो भ्रमण स्थगित गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?