काठमाडौँ, २५ आश्विन । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सारिने भएको छ ।
आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
कोसीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न शुक्रबार सम्मको समय दिइएको छ ।




