हमास-इजरायल युद्धमा अहिलेसम्म इजरायलमा १२ सय र गाजामा ९ सय भन्दा बढीको मृत्यु

`

     २०८० आश्विन २४ गते ११:२८

काठमाडौँ, असोज २४ । हमास-इजरायल युद्धमा अहिलेसम्म दुवैतर्फ गरि २१ सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणबाट अहिलेसम्म इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने इजरायलको आक्रमणबाट गाजामा ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

इजरायलको सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले बुधबार अपडेट दिदै अहिलेसम्म हमासको आक्रमणमा १२ सय इजरायलीको मृत्यु भएको जानकारी दिएका हुन् ।

गाजासँगको सीमावर्ती समुदायहरूमा हमास आक्रमणको नयाँ डरलाग्दो विवरणहरू बाहिर आएका छन् । सीमा क्षेत्रका कैयौं महिला र बालबालिकालाई गोली हानिएको र शिर अलग गरिएको अवस्थामा फेला पारिएको इजरायली सेनाले बताएको छ ।

यस युद्धमा अहिलेसम्म थाइल्याण्डका १५ र नेपालका १० सहित ५० भन्दा बढी विदेशीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?