काठमाडौँ, २४ आश्विन । नेपाली सेनाले बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा रजत पदक जितेको छ । सेनाको टोलीले मंगलबार उक्त रजत पदक जितेको हो । योसँगै हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको नेपाली सेनाले जनाएको छ ।
आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन् । अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, लिपिन्सललगायतको टोली सहभागी छन्। टोलीलाई हाल बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले पदक तथा प्रमाणपत्र प्रदान गरे।
अभ्यास खेलमा विशेषगरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिन्छ ।




