युद्द अब इजरायलले अन्त्य गर्नेछ : प्रधानमन्त्री बेन्जामिन

`

     २०८० आश्विन २३ गते १०:०४

एजेन्सि, असोज २३ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौं’ भनेका छन् ।

हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौं। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेको होइन, यो युद्द अब इजरायलले यसलाई अन्त्य गर्नेछ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।

उनले भनेका छन कि हमासले इजरायल माथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ ।

इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ । यी ३ दिनमा गाजा र वेस्ट बैंकमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?