बीआरआई महत्वपूर्ण अवसर भएको प्रधानमन्त्री दाहालको दाबी

`

     २०८० आश्विन २१ गते ११:४२

काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको बीआरआई परियोजनाबारे छिटो काम थाल्ने बताएका छन् ।

नेपालको विकासको लागि बीआरआई अवसर भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कार्यान्वयनको कार्यतालिका बनाएर छिटो काम गर्ने बताए ।

नेपाल–चीन फ्रेण्डसिप फोरमले आज (आइतबार) काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरेको ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयक अन्तर्क्रिरयामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?