भूकम्पपीडितलाई ५० हजार दिने घोषणा

`

     २०८० आश्विन १९ गते ५:०८

काठमाडौँ, असोज १९ । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न शुक्रबार बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थायी आवासका लागि रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।

‘भूकम्पबाट पूर्ण क्षति भएका घरपरिवारलाई तत्काल अस्थायी आवास बनाउन ५० हजार रूपैयाँका दरले सहयोग गर्छौं,’ उनले भने, ‘सामान्य मर्मत, प्रवलीकरण वा पुनर्निर्माण के गर्न पर्ने हो निश्चित गरी काम अघि बढाउँछौं ।’ प्रभावित अन्य परिवारलाई १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराइने प्रधानमन्त्री दाहालको भनाइ छ । त्रिपाल, खाद्यान्न, औषधिलगायत राहत व्यवस्थापन गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?