नोबेल शान्ति पुरस्कार इरानकी नार्गेस मोहम्मादी लाई

`

     २०८० आश्विन १९ गते ३:०४

काठमाडौं, असोज १९ । जेलमा रहेकी इरानकी मानव अधिकारकर्मी नार्गेस मोहम्मादीले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्।

नोबेल पुरस्कार समितिले शुक्रबार मोहम्मादीलाई इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानव अधिकार प्रवर्द्धन र सबैको स्वतन्त्रताका लागि गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो।

५१ वर्षीया मोहम्मादी अहिले जेलमा छन्। इरानी सरकारले उनलाई १३ पटक गिरफ्तार गरेको थियो भने ५ पटक दोषी ठहर गरेको थियो।

उनलाई ३१ वर्ष जेल सजाय र १५४ कोर्राको सजाय सुनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?