धर्मगुरु भनिने श्रीनिवासविरुद्ध मुद्दा दर्ता भएको छ

`

     २०८० आश्विन १८ गते ४:३९

काठमाडौँ, १८ असोज । धार्मिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्यविरुद्ध मुद्दा दर्ता भएको छ । केही दिन अघि जनकपुरधाममा आयोजित गौ हत्या विरुद्धको विरोध सभामा हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको हो ।

गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको उनीमाथि आज मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।

असोज १२ गते जनकपुरधाममा आयोजित सभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्ने विरुद्ध उत्तेजक अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?