कोसीका मुख्यमन्त्रीले असोज १९ गते विश्वासको मत लिने

`

     २०८० आश्विन १७ गते १:२०

काठमाडौँ, १७ आश्विन । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते विश्वासको मत लिने तयारी गरेका छन् । असोज २० गते भित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री कार्कीले १९ गते नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेको हो ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?