बाँकेमा आज पनि कर्फ्यु

`

     २०८० आश्विन १७ गते १०:५६

काठमाडौँ, १७ आश्विन । बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज पनि जारी छ । हिजो
दिउँसो १ बजेदेखि जारी भएको अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए।

दुई धार्मिक समुदायबीच तनाव बढ्ने अवस्था सिर्जना भएपछि मंगलबार दिउँसोदेखि स्थानीय प्रशासनले नेपालगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ। कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ। बजार र यातायात बन्द छ। नागरिकहरु घरभित्रै बसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?