राप्रपाद्वारा आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन

`

     २०८० आश्विन १६ गते १०:४५

काठमाडौं, असोज १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी आन्दोलनसम्बन्धी कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले महामन्‍त्री धवलशम्शेर राणाले प्रस्तुत गरेको कार्ययोजनालाई अन्तिम रूप दिन कार्यदल गठन गरेको हो।

उक्त कार्यदलमा वरिष्ठ नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ गुरूङ, महामन्त्री राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?