रोमानियासंग शुक्रबार श्रम सम्झौता हुँदै

`

     २०८० आश्विन १५ गते १०:२५

काठमाडौँ, १५ आश्विन । युरोपियन मुलुक रोमानिया वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्ने भएको छ । त्यसका लागि शुक्रबार नेपाल र रोमानियाबीच श्रम सम्झौतामा हस्ताक्षर हुँदैछ ।

श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार रोमानिया जाँदै छ । शुक्रबार श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

पछिल्लो समय रोमानिया नेपाली श्रमिकको नयाँ गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजार नेपाली रोमानिया गइसकेका छन् विश्व बैंकको प्रतिवेदनअनुसार रोमानियाले विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिएपछि रोजगारीका अवसर खुल्न थालेका हुन् ।

श्रम मन्त्रालयले रोमानिया जाने लागत खर्च ३५ हजार रुपैयाँ निर्धारण गरे पनि म्यानपावर कम्पनीले कामदारसँग त्यसको कैयौं गुणा लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?