राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

`

     २०८० आश्विन १२ गते ५:०५

काठमाडौँ, असोज १२ । राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ ।

घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।

‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?